सर्लाही,राधेश्याम । सर्लाहीको क्षेत्र न.४ का (ख) मा सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र का फकिरा महतोले टिकट पाएको छ । आउदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा सर्लाही क्षेत्र न.-४ (ख) बाट माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा बामपन्थी आन्दाेलनका बाैद्धिक तथा ऊर्जावान नेता महतोले टिकट पाएको माओवादी केन्द्र निकट एक केन्द्रिय नेताले जानकारी दिए ।
नेकपा माओवादी केन्द्रका नेता शिवपुजन यादव, रामेश्वर यादव, कमल बुढाथोकी, भरत थापा, पहल्दाद बुढाथोकी लगायतका नेताको सहयोग र सदभावले उहाँलाई सर्लाही क्षेत्र नं ४ (ख) को उमेदवार बनाइएको बताइन्छ ।
उनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, प्रचण्ड पुत्री गंगा दाहाल निकष्ट मानिन्छ । नेकपा माओवादीका प्रदेश सदस्यका उम्मेदवार महतो प्रभावशाली, क्षमतावान, सादगी र निष्ठावान युवा नेता मानिन्छ । उहाँको क्षेत्रमा भएको क्रेज र जनताको चाहना अनुसार माओवादी केन्द्रले उहाँलाई टिकट दिएको माओवादी केन्द्रका एक नेताले बताए ।
उहाँ भारी मतको अन्तरले जित्ने उहाँको दाबी थियो । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा काठमाडौं क्षेत्र न.४ को सट्टा सर्लाही क्षेत्र न. ४ मा उम्मेदवारी दिने चर्चा रहेको छ । प्रतिनिधि सभामा अमरेश सिंहको ठाउँमा गगन थापाले चुनाव लडने विभिन्न संचारमाध्यममा समाचार आएको छ, भने क्षेत्र न.४ (क) बाट विरेन्द्र सिंह ले उम्मेदवारी दिने यस अघि नै सुनिस्चित भइसकेको थियो