Thursday, October 22, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

कार्यक्रममा स्थानीय उद्योगी, व्यवसायी, जनप्रतिनिधि, बैंक तथा वित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

सिरहा। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको आयोजनामा मिति २०८३ असोज २३ गते शुक्रबार सिरहाको गोलबजारमा बीमा सचेतना कार्यक्रम सम्पन्न भएको छ।

कम्पनीका मधेस प्रदेश प्रमुख श्री बद्री बहादुर अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गोलबजार नगरपालिकाका प्रमुख श्री श्याम कुमार श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयकी प्रमुख श्रीमती आर्य रावल, गोलबजार नगरपालिका वडा नं. ६ का वडाध्यक्ष श्री संजित कुमार लामा तथा गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष श्री विजय साहको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बीमाको महत्व, आवश्यकता तथा फाइदा, बीमा गर्ने प्रक्रिया र बीमा दाबी प्रक्रियाका विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो। साथै, आर्थिक जोखिमबाट सुरक्षित रहन र सम्भावित क्षतिको आर्थिक भार न्यूनीकरण गर्न बीमाको पहुँच विस्तार गर्नुपर्ने विषयमा जोड दिइएको थियो।

 

कार्यक्रमका प्रमुख अतिथि श्री श्याम कुमार श्रेष्ठले बीमालाई अनिवार्य प्राथमिकतामा राख्नुपर्ने उल्लेख गर्दै दुःख तथा विपद्को समयमा बीमाले आर्थिक सुरक्षा प्रदान गर्ने बताउनुभयो। साथै, बीमासम्बन्धी जनचेतना अभिवृद्धि गर्दै आम नागरिकलाई बीमाको दायरामा ल्याउन सबै पक्षको सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

नेपाल बीमा प्राधिकरण, मधेस प्रदेश कार्यालयकी प्रमुख श्रीमती आर्य रावलले बीमा क्षेत्रको नियमन तथा व्यवस्थापन नेपाल बीमा प्राधिकरणले गर्ने जानकारी गराउँदै बीमासम्बन्धी कुनै गुनासो वा समस्या भएमा प्राधिकरणलाई जानकारी गराउन आग्रह गर्नुभयो।

कार्यक्रममा सहभागीहरूले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडबाट आफूहरूले दाबी भुक्तानीको समयमा सहज र झन्झटरहित सेवा प्राप्त गरेको अनुभवसमेत सुनाउनुभएको थियो।

कार्यक्रमको स्वागत मन्तव्य तथा सञ्चालन गोलबजार शाखा प्रमुख श्री विद्यानन्द सिंहले गर्नुभएको थियो।

बीमासम्बन्धी जनचेतना अभिवृद्धि, आर्थिक जोखिम न्यूनीकरण तथा बीमाप्रतिको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रम प्रभावकारी रूपमा सम्पन्न भएको छ।

Bitu Singh

Bitu Singh

थप समाचार

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

वार्षिकोत्सव

वार्षिकोत्सव

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

सर्लाहीका प्रजिअ गौतमलाई कर्मचारी मिलन केन्द्रले गरे विदाई ।

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

धर्म परिवर्तनका नाममा आउने रकम रोक्न मधेशी आयोगको सुझाव

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

Next Post
गोलबजारमा स्याउ लोड गरिएको ट्रक दुर्घटना, चालक घाइते

गोलबजारमा स्याउ लोड गरिएको ट्रक दुर्घटना, चालक घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

गोलबजारमा स्याउ लोड गरिएको ट्रक दुर्घटना, चालक घाइते

गोलबजारमा स्याउ लोड गरिएको ट्रक दुर्घटना, चालक घाइते

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

गोलबजारमा कुशवाहा कल्याण समाजद्वारा रक्तदान कार्यक्रम, ३२ जनाले गरे रक्तदान

गोलबजारमा कुशवाहा कल्याण समाजद्वारा रक्तदान कार्यक्रम, ३२ जनाले गरे रक्तदान

बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्ष जेल सजाय

बेचन झालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा एक वर्ष जेल सजाय

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .