सिरहा । सिरहाको गोलबजार न.पा ९ स्थित रहेको मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु भएको हो ।
मृत्यु हुनेमा भारतीय नागरिक अनुराग तिवारी ३२ वर्षियका रहेका छन् । कारखानाको मेसिन बिग्रिएर मर्मत गर्न चेम्बरमा चढेका मजदुर तिवारीको मेसिनको बेल्टले दाहिने पाखुरा काटिएर चुडिएको प्रहरीले जनाएको छ ।
दर्घटनामा परी इन्तु न चिन्तु भएका तिवारीलाई फूल कुमारी मेमोरियल अस्पताल कर्जनहा पुर्याइएको तर अत्यधिक रक्तश्राव भएको कारण उनको मृत्यु भएको अस्पताल सुत्रले जनाएको छ ।
घाइते तिवारीलाई उद्धार गरी अस्पताल पुर्याउन ढिलाई भएको कारण उनको मृत्यु भएको कारखानाका मजदुर युनियनले जनाएको छ । युनियनका प्रतिनिधिहरुले घटनाको सत्य तथ्य छानविन गर्न माग गरेका छन् ।
यता, मारुती सिमेन्ट लि.को लापरबाहीको कारणले वर्षकै एक वा दुईको दुर्घटना हुने तथा मृत्यु भएको देखिन्छ ।