Sunday, July 13, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

प्रधानाध्यापक भन्छन्- 'केटो बदमास हो, उसलाई गुरुको रुपमा सजाय दिएको हुँ । परिस्थिति यस्तो बन्यो कि उसमाथि चोट लाग्यो । यस घटनालाई अन्यत्र नमोड्नु । मलाई सहयोग गर्नुस् ।' पीडित विद्यार्थी भन्छन्- ‘तिमी बढी बुझ्ने भयौ भन्दै स्टाफ कोठामा थुनेर तीनै जना सर मिलेर लात्ती, पाइप र मुक्काले एकोहोरो कुटिरहे ।’


सिरहामा प्रधानाध्यापक सहित तीन जनाले विद्यार्थीलाई निर्घात कुटे

सिरहाको सिरहा नगरपालिका वडा नं १२ स्थित सारस्वरनाथ माध्यमिक विद्यालयका एक विद्यार्थीलाई प्रधानाध्यापकसहित तीन जनाले कक्षाकोठामा थुनेर निर्घात कुटपिट गरेका छन् । कक्षा ९ मा अध्ययनरत १६ वर्षीय मो. समीर राइनलाई गत मंगलबार कक्षा कोठामा अध्ययन गरिरहेको समयमा उनीहरुले कुटपिट गरेका हुन् ।कुटपिटको क्रममा घाइते विद्यार्थी समीर सिरहास्थित प्रादेशिक अस्पतालमा उपचारपछि अहिले घरमा आराम गरिरहेका छन् । घटनापछि उनी विद्यालय नै जान नसकेको समीरका बाबु मो. अकबर मियाले बताएका छन् ।गत मंगलबार दिउँसो ३ बजे कक्षामा अध्ययनरत समीरलाई कार्यालय सहयोगीले बोलाएर स्टाफ कोठामा लगेका थिए । ‘मलाई स्टाफ कोठामा लगेपछि हेडसर जयचन्द्र यादव, लेखापाल जितेन्द्र यादव र कार्यालय सहयोगी जयनारायण मण्डलले कोठा थुनेर एक घण्टासम्म निर्घात कुटिरहे,’ घाइते विद्यार्थी समीरले भने, ‘तिमी बढी बुझ्ने भयौ भन्दै तीनै जना मिलेर लात्ती, पाइप, मुक्काले एकोहोरो कुटिरहे ।’ दिनभरको कक्षा छुट्टी भएपछि मात्र आफूलाई गेटमा घाइते अवस्थामा ल्याएर छोडिदिएको पनि समीरले बताएका छन् ।

घाइते समीरका बाबु मियाका अनुसार कुटाइबाट अनुहार, टाउको, पिठ्युँ, छाती, खुट्टा लगायतका शरीरका विभिन्न भागमा निलडाम नै लाग्ने गरी गहिरो चोट लागेको छ । मंगलबार राति नै उनलाई सिरहास्थित प्रादेशिक अस्पतालमा उपचार गरिएपछि हाल घरमै आराम गराइएको बाबु मियाले बताए ।

समीरले भनेका छन्, ‘अहिले पनि टाउको दुखेको दुख्यै छ । शरीर काँपिरहेको छ, टाउको घुमिरहेको छ, अब स्कुल जानै डर लागिरहेको छ ।’ यसअघि प्रधानाध्यापकको सरुवा हुँदा समीरको नेतृत्वमा विद्यार्थीहरूले सरुवाको विरोध गरेको र विद्यालयको मातहतमा रहेको सारस्वरनाथ गुद्री हटियाको ठेक्काको विषयमा पनि उनले प्रश्न उठाएका थिए ।प्रधानाध्यापक जयचन्द्र यादवले भने समीरले छात्राहरूलाई जिस्क्याउने लगायतका हर्कत गरेको दाबी गरेका छन् । सोहीकारण गुरुको रुपमा सजाय दिएको प्रअ यादवले बताएका छन् । ‘केटो बदमास हो, यस घटनालाई अन्यत्र नमोड्नु । मलाई सहयोग गर्नुस् । उसलाई गुरुको रुपमा सजाय दिएको हुँ, परिस्थिति यस्तो बन्यो कि उसमाथि चोट लाग्यो ।’

घटनापछि समीरका बाबुले भने प्रधानाध्यापक जयचन्द्र, लेखापाल जितेन्द्र र कार्याल्य सहयोगी जयनारायणलाई कारबाहीको माग गर्दै गत भदौ २७ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएको बताएका छन् । सिरहाका प्रहरी प्रमुख एसपी टेकुनन्द इबा लिम्बुले घटनाबारे जानकारी आएको तर जाहेरी आइनसकेको बताएका छन् । साथै यसबारे विस्तृतमा बुझ्ने कार्य भइरहेको बताए । दोषीलाई कानुनी दायरामा ल्याउने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिरहा नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत दिलिपकुमार यादवले घटनाबारे प्रधानाध्यापक, विद्यार्थी र उनको परिवारसँग बुझ्ने कार्य भइरहेको बताएका छन् । पीडित समीरका बाबुले आफ्नो छोरालाई पशुजस्तै गरी कुटपिट गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

Next Post
सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिन गर्न माग गर्दै

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

स्थानीय तहको वित्तीय जोखिम मूल्यांकनमा मिर्चैयाले मधेस प्रदेशकै सर्वोत्कृष्ट अङ्क प्राप्त गरे ।

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .