मगलवार मधेश प्रदेशमा बस्ने बैठक नेकपा एमाले प्रदेश सभा संसदीय दलको नेताको बैठक हुने तयारीमा दलको नेताको बन्नेमा शत्रुधन प्रसाद सिंह,सरोज कुमार यादव, रामचन्द्र मण्डलको चर्चा छ । दलको नेताका लागि आकांक्षी धेरै छन् । यद्यपि मुख्य दाबेदारका रुपमा तिन जनालाई हेरिएको छ ।
शत्रुधन प्रसाद सिंह ( सिरहा ) , रामचन्द्र मण्डल (धनुषा), सरोज कुमार यादव (महोत्तरी) दलको नेता बन्नेमा धेरै चर्चा छ । तिनैजना प्रत्यक्ष निर्वाचित एवं एमालेका केन्द्रीय सदस्य छन् ।
सिरहा क्षेत्र नं. २ (ख) बाट निर्वाचित शत्रुधन प्रसाद सिंह सिरहा जिल्ला एमालेका पार्टीका सदस्य समेत हुन् । वरिष्ठताका आधारमा भने शत्रुधन प्रसाद सिंहले आफू दलको नेता बन्नु पर्ने दाबी गर्छन् ।
अहिलेको निर्वाचित पार्टीका प्रदेश सभा सदस्यहरु मध्ये केन्द्रीय तहका सब भन्दा पुरानो मन्त्री भएकै सिंह हो, यस आधारमा पर्ने सबैभन्दा वरिष्ठताका नेता छन् । तर पार्टीमा जो कोही दलका नेतामा आकांक्षीवा दाबी गर्न सक्छन् । पार्टीले जे निणर्य गर्छ त्यो नै सर्वमान्य हुन्छ ।’
तिनजना मध्ये दुई जना शत्रुधन प्रसाद सिंह अथवा रामचन्द्र मण्डल बन्ने प्रवल सम्भावना रहेको एक नवनिर्वाचित सांसदले बताए ।
एमाले प्रदेश सभाको ठूलो दलको रुपमा रहने सम्भावना छ । यो प्रदेशमा जनमत पार्टीलाई पनि सहमतिमा ल्याएर कसरतमा छ । चुनावी गठबन्धन गरेको जसपाले समेत एमालेसँगको सहकार्य अन्त्यको घोषणा गरेकाले उसलाई सरकार बनाउन बहुमत पुर्याउन कठिन देखिन्छ ।
प्रत्यक्ष ६४ र समानुपातिक ४३ गरी १०७ सिट रहेको मधेश प्रदेशसभामा २३ सिटसहित एमाले पहिलो हुँदा २२ सिटसहित कांग्रेस दोस्रो दलको हैसियतमा छ । यस्तै १६ सिटसहित जसपा तेस्रो, १३ सिटसहित जनमत चौथो, ९ सिटसहित लोसपा पाँचौ, ८ सिटसहित माओवादी केन्द्र छैठौं र ७ सिटसहित एकीकृत समाजवादी सातौं दल बनेको छ । ६ स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको पनि एक/एक सिट रहेको छ ।
२०७४ को चुनावमा एमाले २१ सिटसहित मधेश प्रदेश सभामा तेस्रो दल बन्यो । प्रतिकुल अवस्था भनिए पनि २०७९ मा भने २३ सदस्यसहित पहिलो दल बनेको छ ।