Monday, March 2, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

’असारमा स्वाट्ट घटाएर प्रतिबोरा ४००/५०० बनाउनुहुन्छ । आगामी वर्षको योजना तर्जुमा गर्ने वेला असारमा हो । त्यतिवेलाको हिसाबमा निर्माण लागत थोरै देखिन्छ,’ उनले भने, ‘निर्माणको सिजनमा बढाउँदा लागत बढ्छ ।’ साथै गत असारमा राष्ट्र बैंकको इन्डेक्स १६१ थियो अहिले १५६ पुगेको छ । तर अहिले सबै निर्माण सामग्रीको मूल्य ७५ प्रतिशत बढेको छ । असारको तुलनामा अहिले १ करोडको बिल पेस गर्दा ५ लाख रुपैयाँ आउने भएकाले निर्माण व्यवसायी मर्का परेको उनले तर्क गरे ।

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सिमेन्टको मूल्य प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए पनि नघटाई बिक्री भइरहेको पाइएको छ ।

गत चैतको तेस्रो साता सिमेन्टको मूल्य प्रतिबोरा १५ देखि २५ रुपैयाँ घटाएको भनिएको थियो । तर बजारमा मूल्य घटेको भने देखिएन । बरु उल्टै बढेको पाइएको छ । यसअघि ७५० रुपैयाँ अधिकतम मूल्य रहेको ओपीसी सिमेन्टको मूल्य ७७१ रुपैयाँ पुगेको छ ।

‘सिमेन्टमा एक रुपैयाँ पनि घटाइएको छैन । मन्त्रालय र विभागले घटाएको भनी सञ्चारमाध्यमहरूमा समाचार आयो,’ नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले भने, ’तर त्यसलाई कसैले पनि लागु गरेनन् । बरु मूल्य बढाएको देखिन्छ ।’

किन मूल्य घटेन भनेर मन्त्रीलाई सोध्नुपर्ने अवस्था आएको उनले बताए । भने, ’किन मूल्य घट्यो भनेर मिडियामा ल्याउन लगाउनुभयो र किन घटाइएन भन्नुपर्‍यो ।’ उनका अनुसार उत्पादन बढाएर लागत घटाउनुपर्नेमा कटौती गरी मूल्य बढाएर लागत घटाइएको छ । सिमेन्ट र डन्डी दुवैमा कार्टेलिङ गरिएको र बजारमा सानो मात्रामा सिमेन्ट र डन्डी पठाएर मूल्य बढाएको उनले आरोप लगाए ।

‘कार्टेलिङलाई असफल बनाउन अहिलेको मागले पनि भूमिका खेल्यो । सरकार र उद्योगी मिलेर नै मूल्य निर्धारण भएको देखिन्छ । उद्योग मन्त्रीको प्रत्यक्ष रूपमा आशीर्वाद नै छ । उत्पादन बढाएर त होइन कटौती गरेर लागत घटाउने नीति लिइराख्नु भएको छ,’ सिंहले भने, ‘उत्पादन बढाएर लागत घटाउनुपर्नेमा डन्डी सिमेन्ट दुईटै उत्पादनमा कार्टेलिङ गरिएको छ ।’

गत चैत तेस्रो साता सिमेन्ट उद्योगीले मूल्य घटाएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको थियो । विभागका महानिर्देशक कुमारप्रसाद दाहालले उद्योगमा हुँदै आएको लोडसेडिङ घटेसँगै उद्योगीहरूले सिमेन्टको मूल्य घटाउन थालेको जानकारी दिएका थिए ।

घट्यो सिमेन्टको मूल्य
घट्यो सिमेन्टको मूल्य
त्यतिवेला मूल्य घटाएको भने पनि अहिले कार्यान्वायन नगरेको पाइएको महानिर्देशक दाहालले बताए । ‘मूल्य घटाएकै छैन भन्ने मैले पनि सुनेको छु । अहिले फ्याक्ट्री गेट प्राइस राख्ने समय दिएकाले अनुगमनमा निस्किएका थिएनौँ,’ दाहाल भन्छन्, ‘आजदेखि सिमेन्टको मूल्य विश्लेषणका लागि अनुगमनमा टोली पठाएका छौँ ।’
विभागले वैशाख १ गतेभित्र सबै सिमेन्ट उद्योगीलाई सिमेन्टमा फ्याक्ट्री गेट प्राइस राख्न निर्देशन दिइएको थियो । सोहीअनुसार उद्योगीहरूले बोरामै फ्याक्ट्री गेट प्राइस राख्न थालिसकेका छन् । सो मूल्यमा थप नाफा जोडी अधिकतम खुद्रा मूल्य एमआरपी राखेर व्यापारीहरूले बिक्री गर्न पाउने विभागले जनाएको छ ।
लोडसेडिङले मूल्य घटाउन नसकिएको जिकिर
सिमेन्ट उद्योगमा लोडसेडिङ नघटेका कारण मूल्य घटाउन नसकिएको नेपाल सिमेन्ट उत्पादक संघ अध्यक्ष रघुनन्दन मारुले बताए । ‘पहिला उद्योगमा १२ /१३ घण्टा थियो । लोडसेडिङ बढेका कारण सिमेन्ट उत्पादनमा लागत बढेको थियो,’ उनले भने, ‘केही दिन करिब ५/६ घण्टामा झरेको थियो अहिले फेरि बढेको छ ।’ अहिले लोडसेडिङ पहिलाकै आधारमा भइरहेको मारुले बताए ।

कालोबजारीलाई सरकारको प्रोत्साहन !
अहिले डिजेलको मूल्य र लोडसेडिङ घटेका वेला सिमेन्टको मूल्य घट्नुपर्ने उनले तर्क गरे । तर मूल्य बढाएर असार लाग्नेबित्तिकै मूल्य घटाउने गरिएको उनी बताउँछन् । असारमा आगामी योजना तर्जुमा गर्नेवेला निर्माण सामग्रीको मूल्य घट्ने र निर्माण गर्ने सिजनमा मूल्य बढ्दा निर्माण व्यवसायी मर्कामा पर्ने गरेका सिंहको तर्क छ ।

’असारमा स्वाट्ट घटाएर प्रतिबोरा ४००/५०० बनाउनुहुन्छ । आगामी वर्षको योजना तर्जुमा गर्ने वेला असारमा हो । त्यतिवेलाको हिसाबमा निर्माण लागत थोरै देखिन्छ,’ उनले भने, ‘निर्माणको सिजनमा बढाउँदा लागत बढ्छ ।’ साथै गत असारमा राष्ट्र बैंकको इन्डेक्स १६१ थियो अहिले १५६ पुगेको छ । तर अहिले सबै निर्माण सामग्रीको मूल्य ७५ प्रतिशत बढेको छ । असारको तुलनामा अहिले १ करोडको बिल पेस गर्दा ५ लाख रुपैयाँ आउने भएकाले निर्माण व्यवसायी मर्का परेको उनले तर्क गरे ।

ओपीसी सिमेन्टको मूल्य ७७१ रुपैयाँसम्म

वाणिज्य विभागका वरिष्ठ अधिकृत अमित झाकाअनुसार विभागको निर्देशनमा सिमेन्ट उद्योगले उत्पादन मूल्य (फ्याक्ट्री गेट प्राइस) राख्न थालेका छन् । उद्योगले ओपीसी सिमेन्टको फ्याक्ट्री गेट प्राइस प्रतिबोरा ६७५ रुपैयाँदेखि ७७१ रुपैयाँसम्म तोकेका झाले जानकारी दिए ।

यसमध्ये शिवम् सिमेन्ट उद्योगले ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७७१ रुपैयाँ तोकेको छ । यस्तै सर्वोत्तम सिमेन्ट उद्योगको ओपीसी सिमेन्ट प्रतिबोरा ६७५ रुपैयाँ, शालिमार गोल्ड सिमेन्ट उद्योगको ओपीसी सिमेन्टको मूल्य प्रतिबोरा ७०० रुपैयाँ तोकेको ह्वाङ्सी सिमेन्टले ७३५ रुपैयाँ, रिद्धिसिद्धिले ओपीसी प्रतिबोरा ७१५ रुपैयाँ तोकेको छ । ह्वाङ्सी सिमेन्ट उद्योगले पीपीसी सिमेन्टको मूल्य प्रतिबोरा ६४५ रुपैयाँ तोकेको छ । अन्यको भने विवरण प्राप्त हुन बाँकी रहेको उनले जानकारी दिए ।

फ्याक्ट्री गेट प्राइस राख्नु सकारात्मक कदम रहे पनि स्वचालित मूल्य प्रणाली हुनुपर्ने अध्यक्ष सिंह बताउँछन् । भने, ’उद्योगी व्यवसायीले देखाएर नाफा खानुपर्‍यो।’ उत्पादन कटौती गरेर कार्टेलिङ गरी कालोबजारी गर्दा सरकारले कारबाही गर्नुको सट्टा प्रोत्साहन गरिरहेको उनले गुनासो गरे ।

नेपाल सिमेन्टमा आत्मनिर्भर छ । भारतमासमेत निर्यात हुँदै आएको छ । अहिले भारतमा सरदर प्रतिबोरा ५०० रुपैयाँमा सिमेन्ट पाइन्छ । ‘नेपालबाट पनि सोही मूल्यमा सिमेन्ट निर्यात भइरहेको छ । यही सिमेन्ट नेपाली उपभोक्ताका लागि भने ७७१ रुपैयाँमा बेच्ने?’ अध्यक्ष सिंहले भने, ‘उद्योग मन्त्रीले उद्योगीले कार्टेलिङ गर्न पाउनुपर्छ भन्ने धारणा लिएका छन्, सिमेन्ट उद्योगीलाई धरासायी बनाउनु हुँदैन । तर बजारमा कालोबजारी गर्न पाइँदैन ।’

Bitu Singh

Bitu Singh

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .