सिरहा,बरियारपट्टी । चिसोबाट जोगाउन सिरहा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ मा शेर गण चोहर्वा सेना प्रमुख सुमन थापा ( कर्नेल) को सहयोगमा र सिरहा बरियारपट्टी गाउँपालिका वडा नम्बर ३ का पत्रकार मुकेश कुमार यादवको पहलमाअशक्त लाई सनिवार घरमै पुगी फाइवर वाला कम्बल वितरण गरेको छ।
न्यानो कपडाको अभावमा चिसोले कठ्याङ्ग्रिएर बसिरहेका विपन्न, दलित, अशक्त, नागरिकको गाउँपालिका पुगेर फाइवर कम्बल वितरण गरेपछि उनीहरुले खुशी व्यक्त गरे। चिसो मौसममा सिरहाको शेर गण चोहर्वा वाट नेपाली सेनाले हामिहरुलाई घरमा आई फाइवर कम्बल दिएर ठूलो सहयोग गरेकोमा खुशी प्रकट गर्दै जगदीश यादवले धन्यवाद दिइन्।
वितरणमा सहभागी स्थानीय बुद्धिजीवि कार्यपालिका सदस्य इन्दल यादव अन्नत ,भुपू कार्यपालिका सदस्य सुरेन्द्र ठाकुर,जोगिन्द्र कामत,केदारनाथ ठाकुर,सन्तोष यादव र समाजसेवी राजेन्द्र यादव स्थानीय लगायतको बाक्लो उपस्थिति थियो ।
केहि दिन यता बल्ल दिउँसो मधुरो घाम लागे पनि बिहान बेलुका अत्याधिक चिसो हुने गरेकाले गरिब, विपन्न र आशक्त वर्गका सर्वसाधारण शीतलहरको मारमा परेका छन्।
सेवा नै धर्म हो , सच्चा धर्म नै समाजिक परिवर्तणको जग हो।मानवले मानवतालाई विर्सनु हुन र सहयोगको खाचो हुने मानवलाई सहयोग गर्न सके बास्तविक धर्म हो समाजसेवी राजेन्द्र यादव भने ।