Monday, March 2, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना

रायलाई आफ्नै कार्यालयका ईन्सपेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ।

सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना

सिरहा, २७ असार।जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत्त एक प्रहरी जवानलाई कार्यालय परिसरभित्रै हात खुट्टा बाधेर यातना दिईरहेको भिडियो बाहिरिएको छ। महोत्तरीको जलेश्वर नगरपालिका ८ फूलहट्टा घरभाई जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हात पछाडी पारी बाधेर यातना दिए को भिडियो सार्वजनिक भएको हो।

रायलाई आफ्नै कार्यालयका ईन्सपेक्टर हेमन्त राईले हातखुट्टा बाँधेर यातना दिएको आरोप लगाएको छ।

समाजिक संजालमा भाइरल भिडियोमा प्रहरी जवान राय भकानिएर रुँदै बाँधीएको हात खोलिदिन खोलिदिन अनुरोध गरेको छ। उनीसँग दोहोरो सम्वादमा रहेको व्यक्तिले कहाँ रक्ति खाईस भन्ने प्रश्न मा उनेले, ‘मैले रक्सि खाएको छैन, मेरो हात खोलिदिनुस्। मैले रक्सि खाएको प्रमाणित भए म जागिर छोड्छु।’ भन्ने सम्वाद सुनिन्छ।

भिडियो सम्वादमा रहेको भनिएको ईन्सपेक्टर राईले पनि रक्सि खाए नखाएको जाँचपछि निस्कि हाल्छ भन्दै मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिंदै गरेको सुनिन्छ।’

प्रहरी जवान रायले भिडियोमा रुँदै ‘मलाई यसरी याताना नदिनुस बरु मारिदिनुस्’ भनेको छ।
सार्वजनिक भिडियोले प्रहरीभित्र अझै पनि तल्लो दर्जाको कर्मचारीमाथि गरिने व्यवहार उदाङ्गिएको छ। ‘मुस्कान सहितको सेवा’ दिने प्रहरी आफैले आफ्ना कर्मचारीमाथि गरेको गैरन्यायिक व्यहारले प्रहरीमाथि थप प्रश्न उठेको स्थानीय बुद्धिजिकिहरु बताउँछन्।

प्रहरी जवान राय निरन्तर अधिक ड्युटी गरायको गुनासो गर्न आफ्ना कमाण्डर ईन्सपेक्टर राईकामा पुगेका बखत इन्सपेक्टर राईले गाली गलौज गरेको बताइएको छ।

इन्सपेक्टर राईले गालिगलौज गरेपछि आक्रोसित प्रहरि जवान रायले पनि जवाफ फर्काएकाएपछि हातखुट्टा बाँधेर १२ घण्टासम्म यातना दिएको बताईएको छ। रायका आफन्तले न्यायको लागि अदालत जाने बताएको छ।
सिरहाका सूचना अधिकारी डिएसपी रबिन्द्र राज पाण्डेले त्यस्तो केही नभएको भन्दै यातनादिने व्यक्तिको बचाउ गरे। उनले प्रहरी जवान राय बदमास रहेको भन्दै घटना भएको स्वीकार गरेपनि बाहिर भएको हल्ला जस्तो नभएको बताए।

डिएसपी पाण्डलेले रायले मादक पदार्थ सेवन गरेको भनिएपनि मेडिकल रिपोर्टमा नदेखिएको बताए।

यता मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) जनक भट्टराईले आफूले पनि घटनाबारे जानकारी पाएको बताए। आज जिल्ला प्रहरी कार्यालय सिरहाको नव निर्मित आवास भवन उद्घाटनको लागि आएका उनले घटनाको आवश्यक छानविनको लागि समिति गठन गरेको बताए। उनले भने, ‘मैले पनि घटनाबारे जानकारी पाएको थिएँ, संयोगले सिरहा आएकाले आजै छानविन समिति गठन गरेको छु। समितिको प्रतिवेदनपछि आवश्यक कार्वाही हुन्छ।’

Bitu Singh

Bitu Singh

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

Next Post
कृषि मिटरको महसुल धनगढीमाई नगरपालिकाले तिरिदियो

कृषि मिटरको महसुल धनगढीमाई नगरपालिकाले तिरिदियो

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अधिकृतसहित दुईजना निलम्बित

धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन

धनगढिमाई नगरपालिका आर्थिक बर्ष २०७९/०८० को वार्षिक प्रगति समीक्षा प्रतिवेदन कार्यक्रम सम्पन

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .