Friday, June 13, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

डा.बाबुराम भट्टराई चुनाव नलड्ने

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुरामको नाम समानुपातिकको सूचीमा नरहेको


डा.बाबुराम भट्टराई चुनाव नलड्ने

पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको १० वर्षे लामो शसस्त्र युद्धबाट नेपालको राजनीतिमा स्थापित भएका नेता हुन् । उनी युद्धको जगकै बलमा देशको अर्थमन्त्री र प्रधानमन्त्री भईसकेका छन् ।

२०६४ सालदेखि २०७४ सम्म तीन निर्वाचनमा गृहजिल्ला गोरखाबाट जनप्रतिनिधि बनेका भट्टराईले अब भने सक्रिय राजनीतिबाट विश्राम लिने छनक देखाएका छन् । यसअघि संसदको सांसदभन्दा स्थानीय तहको मेयर जनताको काम गर्न अधिकारसम्पन्न रहेको भन्दै मेयरका लागि इच्छा राखेका उनले प्रधानमन्त्री, मन्त्री र सांसद भइसकेका नेताहरू स्थानीय तहको नेतृत्व गर्न हिचकिचाउन नहुने बताएका थिए ।

अहिले २०६४ यता गोरखा-२ बाट लगातार चुनाव लड्दै आएका बाबुरामले आगामी मंसिर ४ गते हुने निर्वाचनमा भने उम्मेदवार नबन्ने सार्वजनिक घोषणा गरेका हुन् । ‘२०६४, २०७० र २०७४ (साल) को संविधान सभा र प्रतिनिधि सभा निर्वाचनमा अत्यधिक मतले विजयी गराएर तपाईंहरूको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूणर् गोरखाली बुबाआमा, दिदीबहिनी, दाज्यू भाइहरूमा अन्तःहृदयैदेखि आभार व्यक्त गर्दछु,’ सामाजिक सञ्जालमा एक सन्देश लेख्दै बाबुरामले भनेका छन्,

‘आगामी २०७९ मंसीर ४ को प्रतिनिध सभा निर्वाचनमा म उम्मेदवार नबन्ने यहाँहरू सबैलाई विनम्र जानकारी गराउन चाहन्छु।’ आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा भट्टराई नेतृत्वको नेसपा र माओवादी केन्द्रबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।

नेसपाका उम्मेदवारहरु माओवादी केन्द्रको चुनाव चिह्न (गोलाकार भित्रको हँसिया हथौडा) बाट चुनावमा उठ्ने पनि सहमति भएको छ। गोरखा २ बाट यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनाव लड्ने तयारी गरेका छन्।

प्रचण्डले बाबुरामसँगकै सल्लाहमा चितवन-३ छाडेर गोरखा-२ बाट चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी गरेको सत्ता गठबन्धन र माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन्। चुनाव नउठ्ने घोषणा गरेको सामाजिक सञ्जालको सन्देशमा बाबुरामले गोरखाली जनताले आफूभन्दा पनि अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउने बताएका छन् ।

‘म सबै गोरखाली दिदीबहिनी दाजुभाइहरूलाई विश्वास दिलाउन चाहन्छु मेरो ठाउककमा तपाईंहरूले अझै सक्षम र जिम्मेवार व्यक्तिको नेतृत्व पाउनुहुनेछ र गोरखाको विकासको गतिले अझै तीब्रता पाउनेछ। म त्यहकका साथमा हुनेछु,’ बाबुरामले भनेका छन्।

उनको दल नेपाल समाजवादी पार्टीले भने नेकपा माओवादीको चुनाव चिन्हबाट चुनाव लड्ने निणर्य गरिसकेको छ । यसैले बाबुरामको नाम समानुपातिकको सूचीमा नरहेको अहिले खुलिसकेको छैन् । यसपटकको निर्वाचनमा बाबुराम पुत्री मानुषी भने काठमाडौं ७ बाट उठ्ने तयारीमा छिन् ।

Bitu Singh

Bitu Singh

थप समाचार

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

मिर्चैयामा निः शुल्क आँखा जाँच शिविर सञ्चालन

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

नेपाली काङ्ग्रेस भातृ संगठन नेपाल बिद्यार्थी संघको विद्यार्थी गठन कार्यक्रम सम्पन्न

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

चुरे दोहन रोक्न माग गर्दै मधेश आर्मीले बुझाए ज्ञापन पत्र

Next Post
चतिवन मेडकिल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

चतिवन मेडकिल कलेज तोडफोडमा संलग्न १० जना पक्राउ

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले दिए सामूहिक राजीनामा

सिराहामा ढल्यो जसपाको खम्बा, केन्द्रदेखि नगरसम्मका नेताले दिए सामूहिक राजीनामा

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार

यी हुन् कांग्रेसका ११० जना समानुपातिक उम्मेदवार

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

सन्दीप लामिछाने आज नेपाल आउँदै

सन्दीप लामिछाने आज नेपाल आउँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .