Sunday, May 18, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

एमालेसँग जसपाको चुनावी तालमेल हुने


एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा, जसपा २५ सिट पाउने !

काठमाडौं । यसपटक पनि दसैँमा कुनै सरप्राइज हुँदैछ रु सत्ता गठबन्धनको तेस्रो ठूलो घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले यसको संकेत गरेका छन् ।
यादवले पार्टी केही शीर्ष नेतासँगको ब्रिफिङमा दसैँमै कुनै सरप्राइज हुने भन्दै सत्ता गठबन्धनसँगको सहकार्य अब धेरै लामो नरहेको संकेत गरेका छन् । जसपाका एक नेताले नेपाल प्रेसलाई दिएको जानकारी अनुसार एमालेसँग जसपाको चुनावी तालमेल हुने लगभग निश्चित भएको छ ।

ती नेताले भने, ‘एमाले र हाम्रोबीच चुनावी तालमेल हुने ९९ प्रतिशत निश्चित भइसकेको छ । केपी ओली झापा जाने भएकाले दसैँको टीका अगाडि लिखित सहमति नहुनसक्छ तर दसैँमै सरप्राइज आउने निश्चित छ । सत्ता गठबन्धनबाट बाहिरिने कुरा अध्यक्ष उपेन्द्र यादवले बताइसक्नुभयो ।’

जसपाले एमालेसँगको तालमेलमा मधेस प्रदेशका आधासहित २५ सीट प्रतिनिधिसभामा पाउने भएको छ । मधेसका ३२ मध्ये कम्तीमा १६ सीट जसपाले पाउने निश्चित भएको छ । त्यस्तै प्रदेश १ मा दुई वा तीन सीट, वागमतीमा एक सीट काठमाडौंबाट र लुम्बिनीमा रुपन्देही, कपिलवस्तु र बाँकेमा गरेर तीन सीट जसपाले पाउनेछ ।

जसपाले प्रदेशमा पनि एमालेसँगको तालमेलमा राम्रो संख्या पाउने भएपछि गठबन्धनबाट बाहिरिने मनस्थितिमा उपेन्द्र पुगेका हुन् । एमाले स्रोतले पनि जसपासँग चुनावी तालमेल हुने पुष्टि गरेको छ । चाँडै लिखित सहमति हुने एक नेताले बताए । यो बुझेरै लोसपा अध्यक्ष महन्थ ठाकुर पनि एमाले जसपा गठबन्धनमा सामेल हुने प्रयासमा लागेका छन् ।

जसपाका एक नेताले भने, हामीले सत्ता गठबन्धनले १६ सीट दिने भन्यो,मुख्य आधार मधेसमा हाम्रो शक्तिको अवमूल्यन भयो । फेरि कांग्रेस र हाम्रो भोट वैंक पनि एउटै भएकाले एमालेसँग तालमेल गर्दा मत ट्रान्सफर हुने देखियो । हामीसँगको तालमेलले एमाले फेरि पनि चुनावपछि कांग्रेसभन्दा ठूलो पार्टी हुन्छ,हामी पनि मधेसको ठूलो पार्टी हुन्छौं,दुवैको स्वार्थ मिल्यो ।’

जसपासँग मिल्दा एमालेलाई पाँचथर, इलाम, धनकुटा, खोटाङ, ओखलढुंगालगायतका पहाडी जिल्लामा पनि केही मत थपिने भएकाले पनि एमाले सत्ता गठबन्धन फुटाएर जसपालाई आफूतिर तान्न अग्रसर भएको बताइन्छ । यसबीचमा शीर्ष तहमै छलफल भएर तालमेलको अनौपचारिक सहमति भइसकेको छ ।

यो जानकारी पाएपछि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाललगायत गठबन्धनका शीर्ष नेताले उपेन्द्रसँग पटकपटक छलफल गरेका छन् । केही सीट थप दिएर भने पनि जसपालाई एमालेसँग मिल्न नदिने अन्तिम प्रयासमा गठबन्धन लागेको छ ।

जसपाले एमालेसँग मिल्दा मधेस प्रदेशमा सप्तरी २ सीट, धनुषा २ सीट, सिरहा २ सीट, महोत्तरी २ वा ३ सीट, सर्लाही २ सीट, रौतहट २ सीट, बारा २ सीट र पर्सामा २ सीट पाउने भएको छ । त्यस्तै रुपन्देही एक सीट, कपिलवस्तु १ सीट, बाँके १ सीट, मोरङ १ सीट र सुनसरीमा १ वा २ सीट पाउने सम्भावना छ ।

Bitu Singh

Bitu Singh

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

Next Post
सन्दीप लामिछाने आज नेपाल आउँदै

सन्दीप लामिछाने आज नेपाल आउँदै

डेङ्गु सङ्क्रमण  एक हजार भन्दा  बढी चितवनमा

डेङ्गु सङ्क्रमण एक हजार भन्दा बढी चितवनमा

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

सर्लाहीको क्षेत्र न.४ (ख) बाट माओवादी केन्द्रका फकिरा महतोले पाए टिकट

सिरहा क्षेत्र नम्वर २ प्रदेश ‘ख’ बाट पूर्व राज्यमन्त्री सिंहको मनोनयन दर्ता गराए ।

सिरहा क्षेत्र नम्वर २ प्रदेश ‘ख’ बाट पूर्व राज्यमन्त्री सिंहको मनोनयन दर्ता गराए ।

प्रतिनिधिसभाका उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? (सूची)

प्रतिनिधिसभाका उम्मेदवारले कुन क्षेत्रमा कति खर्च गर्न पाउँछन् ? (सूची)

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .