Thursday, October 16, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर


शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

नेकपा माओवादी केन्द्रले शिक्षा मन्त्री फेरबदलबाट शिक्षक आन्दोलनप्रति सरकारको संवेदनशीलता घट्दै गएको ठहर गरेको छ । साथै शिक्षकका मागहरू सम्बोधनका लागि सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा विहीबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सडक र सदनबाट सरकारलाई दबाब दिनुपर्ने भन्दै सांसदहरुलाई सोही अनुसार भूमिका निर्वाह गर्न निर्देशन दिएका हुन् ।

 

उनले पछिल्लो राजनीतिक परिदृश्य, सरकारको कार्यशैली, पार्टीको भूमिका र जनअपेक्षाबारे सांसदहरूसँग विस्तृत छलफल गरेका थिए । सो क्रममा अध्यक्ष प्रचण्डले यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको संघर्षमा जनताको पक्षमा विजय भएको समेत बताएका छन्।

अध्यक्ष प्रचण्डले अघिल्लो संसद् अधिवेशनमा प्रधानमन्त्री संसदमा जवाफ नदिने अडानमा रहँदा माओवादी केन्द्रको स्पष्ट अडान र दबाबकै कारण उनलाई दुबै सदनमा उपस्थित भई जवाफ दिन बाध्य बनाउन सफल भएको उल्लेख गर्दै भने, ‘यो लोकतान्त्रिक प्रक्रियामा जनताको पक्षमा भएको विजय हो ।’

 

उनले पार्टीले सञ्चालन गरेको यथास्थिति र प्रतिगामी प्रवृत्तिविरुद्धको अभियान सफल भएको दाबी गर्दै हुलाकी राजमार्ग केन्द्रित अभियान र काठमाडौंमा आयोजित जनप्रदर्शनमा व्यापक जनसमर्थन देखिएको बताए। काठमाडौंमा यथास्थिति र प्रतिगमनविरुद्ध आयोजना गरिएको विशाल जनप्रदर्शनमा समाजवादी मोर्चाभित्र देखिएको एकताले पार्टीको गरिमा अझ उचो बनाएको उनको भनाइ थियो।

‘तराई–मधेस जागरण अभियान’मार्फत माओवादीप्रति पुनः जनविश्वास स्थापित भइरहेको उल्लेख गर्दै उनले जनाधार भएका व्यक्तिहरू पार्टीमा प्रवेश गरिरहेको र यसले संगठनलाई थप मजबुत बनाएको जानकारी दिए।

 

संघीय निजामती सेवा ऐन र विद्यालय शिक्षा विधेयकजस्ता महत्वपूर्ण विधेयकहरू माओवादी नेतृत्वको सरकारले गहिरो तयारीपछि प्रस्तुत गरेको उल्लेख गर्दै उनले ती विधेयक संसदबाट पारित गराउन सबै सांसदहरू सक्रिय हुनुपर्नेमा जोड दिए ।

Bitu Singh

Bitu Singh

थप समाचार

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

Next Post
जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

सुशीला कार्कीको राजीनामा माग्दै साम्पाङले भने – जेनजीको माग म पुरा गर्छु

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

शिक्षकको तलब आइतबारसम्म नदिए प्रधानाध्यापकलाई कारबाही गर्ने शिक्षामन्त्रीको चेतावनी

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .