Monday, March 2, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

एनपिएलः कुन टिम र कुन खेलाडीको कस्तो रह्यो प्रदर्शन?

काठमाडौं। यही मङ्सिर १ गतेदेखि सुरु भएको क्रिकेटको महाकुम्भ अर्थात् नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज ‘विश्राम दिन’। जसअनुसार आज कुनै पनि खेलको तालिका छैन। कूल ३२ मध्ये आठ खेल भइसकेका छन्। विश्रामपछिको दिन अर्थात् सोमबारका लागि भने दुई खेल राखिएका छन्।

प्रतियोगितामा हालसम्म सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स अविजित छन्। दुई/दुई खेल खेलेका यी टोली चार/चार अङ्कसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। तीन खेलमा एक जीतसँगै दुई अङ्क बटुलेको काठमाण्डु गोर्खाज अङ्क तालिकाको तेस्रो स्थानमा छ।

दुई/दुई खेल खेलेका लुम्बिनी लायन्स, चितवन राइनोज र कर्णाली याक्सले एक/एक खेलमा जीत दर्ता गर्दै क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थानमा छन्। सातौँ स्थानमा रहेको जनकपुर बोल्ट्स एउटा मात्रै खेल खेलेको छ। जनकपुर अहिले अङ्कविहीन छ। अङ्क तालिकाको पुच्छारमा पोखरा एभेञ्जर्स छ। पोखराले दुवै खेलमा हार बेहोरेको छ।

खेलाडीतर्फ मार्क वाटको प्रदर्शन उत्कृष्ट देखिएको छ। लुम्बिनी लायन्सविरुद्धको खेलमा विस्फोटक ब्याटिङ गर्दै कर्णालीलाई जीत दिलाएका उनले दुई वटा विकेट लिएका छन् भने दुई वटा क्याच लिएका छन्। कुशल भूर्तेलले पनि ब्याटिङ, बलिङ र फिल्डिङबाट राम्रो प्रदर्शन गरेका छन्। उनले दुई खेलमा ११२ रन बनाएका छन् भने एक विकेट लिएका छन् साथै दुई वटा क्याच आउट लिएका छन्। हर्मित सिंहले पनि ब्याटिङमार्फत ५७ रन बनाउँदै चार विकेट लिएका छन्।

ब्याटिङमा विदेशी खेलाडी हावी

हालसम्म भएका आठ खेलमा ब्याटिङमा विदेशी खेलाडी हावी देखिएका छन्। सबैभन्दा बढी रन बनाउने शीर्ष १० ब्याटरमा सात जना विदेशी खेलाडी छन्। कर्णालीका लागि दुई खेल खेलेका स्कट्ल्याण्डका मार्क वाटले एक शतकसहित १३० रन बनाएका छन्। उनले लुम्बिनी लायन्सविरुद्धको खेलमा ११४ रन बनाएका थिए।

इङ्ग्ल्याण्डका रवि बोपाराले दुई खेलमा दुई वटा अर्धशतकसहित ११८ रन बनाएका छन् भने नेपाली खेलाडी कुशल भूर्तेलले पनि दुई अर्धशतकसहित ११२ रन जोडेका छन्। भारतीय खेलाडी प्रियाङ्क पञ्चालले एक अर्धशतकसहित १०२ रन बनाएका छन् भने नेपाली खेलाडी रोहित पौडेलले ८८ रन बनाएका छन्। त्यसैगरी मार्टिन गुप्टिल र लोकेश बमले एक/एक अर्धशतकसहित समान ८६ रन जोडेका छन्। इङ्ग्ल्याण्डका बेन चाल्र्सवर्थले पनि समान ८६ रन नै बनाएका छन्।

बलिङमा केसी अगाडि

हालसम्म सबैभन्दा बढी विकेट लिनेमा काठमाण्डु गोर्खाजका कप्तान करण केसी छन्। उनी एक्लैले छ विकेट लिएका छन्। उनले सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा चार विकेट लिएका थिए। सुदूरपश्चिमविरुद्ध चार ओभर बलिङ गरेका उनले सात दशमलव ५० को इकोनोमीमा ३० रन खर्चिएका थिए। केसीले हालसम्म सात दशमलव ८८ इकोनोमीमा रन खर्चिएका छन्।

मिलिन्द कुमारले पाँच विकेट लिएका छन्। उनले जनकपुर बोल्ट्सविरुद्धको खेलमा तीन विकेट लिएका थिए। उक्त खेलमा चार ओभर बलिङ गर्ने क्रममा उनले तीन दशमलव ७५ को औसतमा १५ रन खर्चिए। हर्मित सिंह र मर्चेन्ट डे लांगेले हालसम्म समान चार/चार विकेट लिएका छन्। साथै रुवेन ट्रम्पप्लेमान, सन्दीप लामिछाने, स्कट लुगेलेजिन, सहाब आलम, सोमपाल कामी, हेमन्त धामी, शुभम रञ्जने, जिमी निशम, आकाश चन्दले समान तीन/तीन विकेट लिएका छन्।

स्ट्राइक रेटमा जैब अब्बल

चितवनका सैफ जैब स्ट्राइक रेटमा अब्बल देखिएका छन्। यद्यपि उनले दुई खेलमा जम्मा ५३ रन बनाएका छन्। उनले २३० दशमलव ४२ को स्ट्राइक रेटमा रन बनाएका छन्। दुई सयभन्दा बढी स्ट्राइक रेट हुने खेलाडीमा हर्मित सिंह, जर्ज मुन्से, मार्क वाट छन्।

आलमको किफायती बलिङ

किफायती बलिङ गर्नेमा भने नेपालका सहाब आलम अगाडि छन्। उनले प्रतिओभर चार दशमलव ७२ मात्रै दिएका छन्। उनले तीन खेलमा ११ ओभर बलिङ गरेका छन्। उनले औसतमा २२ रनमा एक विकेट लिएका छन्।

हर्मित सिंहले पनि पाँच दशमलव ३७ इकोनोमीमा किफायती बलिङ गरेका छन्। दुई खेलमा आठ ओभर बलिङ गरेका उनले ४८ रन दिएर चार विकेट हात पारेका छन्।

सन्दीप लामिछानेले पनि पाँच दशमलव ५० इकोनोमीमा बलिङ गरेका छन्। लामिछानेले दुई खेलमा आठ ओभर बलिङ गर्दै ४४ रन खर्चिएका छन् भने तीन विकेट हात पारेका छन्। सबैभन्दा बढी इकोनोमी हुनेमा डि आर्की सर्ट र म्याट टेलर छन्। दुवैले प्रतिओभर औसतमा १२ रन खर्चिएका छन्।

५९ पटक क्याच आउट

आठ खेलमा ५९ पटक खेलाडीहरु क्याच आउट भएका छन्। यस अवधिमा कूल ४० जनाले क्याचमार्फत आउट गरेका छन्। सबैभन्दा बढी क्याच लिनेमा चार खेलाडी कुशल भूर्तेल, सन्दीप जोरा, स्कट लुगेलेजिन र मोहम्मद आदिल आलम छन्। यी खेलाडीले हालसम्म समान तीन/तीन वटा क्याच लिएका छन्।

विराटनगरको उच्च स्कोर

एनपिएलको जारी संस्करणमा विराटनगर किङ्ग्सले सबैभन्दा बढी रन बनाएको छ। उसले पोखरा एभेञ्जर्सविरुद्धको खेलमा २० ओभरमा छ विकेटको क्षतिमा २२० रन बनाएको थियो। त्यस्तै सबैभन्दा बढी रन बनाउने दोस्रो स्थानमा सुदूरपश्चिम रोयल्स छन्। सुदूरपश्चिमले पोखराविरुद्ध १९३ रन बनाएको थियो।

त्यसैगरी, कम स्कोर बनाउनेमा काठमाण्डु गोर्खाज छ। काठमाण्डु गोर्खाज सुदूरपश्चिम रोयल्सविरुद्ध लक्ष्य पछ्याउने क्रममा ११८ मा अलआउट भएको थियो। रासस

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

Next Post
पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

पाकिस्तानको फैसलाबाद कारखाना विस्फोटमा मृत्यु हुनेको संख्या २० पुग्यो

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

नेकपा एमाले प्रदेश कमिटी सदस्य सरोज कुमार पुर्बै तथा जिल्ला सदस्य डा.रंजु कुमारी नायक पार्टी प्रत्याग गरि रास्वपामा प्रवेश गरेको छ ।

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .