Saturday, March 14, 2026
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

कुन सेलिब्रिटीले कहाँ, कसरी मनाउँदैछन् दशैं ?


कुन सेलिब्रिटीले कहाँ, कसरी मनाउँदैछन् दशैं ?

काठमाडौं । नेपालीहरुको प्रमुख चाड दशैं सुरु भएको छ । नवरात्रको पहिलो दिन आज (सोमबार) घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको छ ।

बजार र घरमा दशैंको चहलपहल सुरु भएको छ । सर्वसाधारणदेखि सेलिब्रिटीसम्म दशैंको लागि व्यस्त हुन थालेका छन् । दशैंमा टीका लगाउने, घुमघाम गर्नेदेखि आ–आफ्नो योजना सेलिब्रिटीले बुन्न थालेका छन् ।

अहिले मुलुकभर फैलिएको डेंगु संक्रमणबाट कतिपय सेलिब्रिटी प्रभावित भएका छन् भने केही सेलिब्रिटीले दशैं योजनाबारे अनलाइनखबरसँग कुरा गरेका छन् । अनि केही सेलिब्रिटी भने दशैंकै बेला विदेश दौडाहा थाल्दैछन् ।

‘घरमै आराम गरेर दशैं बिताउँछु’

दीपकराज गिरी, अभिनेता

डेंगु संक्रमण भएको थिएँ । निको भइसके पनि अझै १५ दिन आराम गर्नैपर्छ । घरमै बसेर प्लेटलेट्स, सेता र राता रक्तकोष बढाउनुपर्नेछ । मलाई लाग्छ, घरघरमा डेंगु बिरामी छन् । सरकार चुनाव भन्दैछ । सचेत नागरिकको अवस्था नाजुक छ । हामीलाई यस्तो छ, सामान्य मान्छेलाई कति गाह्रो भएको होला । आराम गर्नुपर्ने भएकाले होला, अन्य योजना छैन । दशैंलगत्तै ‘छक्कापञ्जा ४’को बाँकी सुटिङ गर्नुपर्नेछ । सुटिङको लागि पनि स्वस्थ हुनुपर्नेछ । अहिले ज्वरो नभएपछि शरीर गाल्दो रहेछ । दशैंमा फिल्म हेर्ने र आफ्नै फिल्मको तयारी घरमा बसेर गर्छु ।

यसपटक चुनावी दशैं

रेखा थापा, अभिनेत्री तथा राप्रपा नेतृ

यसपटक मेरो दशैं चुनावमय हुनेछ । ठूलाको आशिर्वाद लिने तथा देश र जनताको सेवामा समर्पित हुने उद्देश्यसँग अघि बढेको छु । दशैंमा सबैको घरदैलोमा पुग्ने मेरो योजना छ । यसपटकको दशैं विशेष छ । अघिल्ला दशैंमा म जनता र दर्शकको माझमा हुन्थें । हल–हलमा जान्थें । अबदेखि हलमा होइन, प्रत्यक्ष म आफैं घरघरमा पुग्छु । टीका लगाउन मोरङ नै जान्छु । म अहिले घोषणापत्र बनाउन काठमाडौं आएको छु । दुई–तीन दिनमा जान्छु ।

नयाँपुस्तासँग दशैं मनाउँछु

मनोज गजुरेल, हास्य कलाकार

दशैं यसपटक काठमाडौंमै हुन्छ । सबै परिवार काठमाडौंमै छौं । दशैं छेकोमा ताप्लेजुङ र झापामा कार्यक्रम छ । टीकाको दिनमा काठमाडौंमा हुन्छु । दशैंमा खानपान हुन्छ । दहीच्युरा खाने, मासु खानेले मासु खाने । मलाई सामान्य पारिवारिक हिसाबले बसेर खाँदा जे–जे रुच्छ, पच्छ सबै खाने । सिस्नुपानी देउसीका लागि सिर्जना लेख्ने काम हुन्छ । आमाको हातबाट टीका लगाउँछु । अघिल्ला दशैंभन्दा खास भिन्न त हुँदैन । पोहोर-परार हजुरबुवाहरुबाट टीका हुन्थ्यो । अहिले आमा हुनुहुन्छ । नयाँ पुस्तासँग टीका लगाउँछु । म खाने कुरामा ननभेज हुँ । म अहिले सेमी–भेजेटेरियन हुँ ।

पिङ खेल्छु र पेजेन्टको तयारी पनि गर्छु

सरिशा श्रेष्ठ, मिस नेपाल अर्थ

मेरो अन्तर्राष्ट्रिय पेजेन्ट आउन लाग्यो, एक महिना मात्र बाँकी छ । त्यसको तयारी चलिरहेको अहिले । यसपटक दशैं त्यस्तो राम्रोसँग मनाइँदैन होला सायद । दशैंमा घरपरिवारसँग समय बिताउन पाइन्छ । दशैंले गर्दा केही फुर्सद पनि हुन्छ । म ननभेज नै हुँ । दशैंमा घरमा जे बनाइन्छ आमाको हातबाट त्यही खाइन्छ । नेवारी खाजा त विशेष नै भइहाल्यो । घरमा भेटघाट हुन्छ, त्यसमा इन्जोय गरेर खाने काम हुन्छ । यसपटक चाहिं घुमघाम हुन्न । पहिला महालक्ष्मीस्थानतिर गएर पिङ खेल्थें, अहिले भैंसेपाटी गएर पिङ खेल्छु, तास अलिकति खेल्छु ।

काठमाडौंमा पहिलो दशैं

प्रमोद खरेल, गायक

सामान्य रुपमै दशैं मनाउँछु । यसपटक टीका काठमाडौंमै हुन्छ । बुवाममीकै हातबाट टीका लगाउँछु । आज चितवनमा कन्सर्ट छ । पर्सि (बुधबार) म कुवेत जाँदैछु । फूलपातीमा कुवेतबाट फर्कन्छु । फूलपातीको दिन झापामा शो छ । नवमीको दिनमा म सिन्धुपाल्चोक जाँदैछु । म ननभेज हुँ । ननभेज भए पनि म मटनभन्दा बढी चिकेन नै मन पराउँछु ।

दशैंमा धेरै चाहिं खाँदिन । दशैंमा बस्ने गरी हामीले भ्वाइस (द भ्वाइस अफ नेपाल)को सुटिङ सकेका छौं । दशैंपछि भ्वाइसको काम हुन्छ । टीकाको दिनमा अहिलेसम्म काठमाडौंमा थिइनँ । सधैं भ्यालीबाहिर झापामा मनाउँथे । यसपटक काठमाडौंकै दशैं हेरिन्छ ।

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

सिरहा- मिर्चैया शम्भु होटेलमा एक जनाको शव फेला परे

कोशीमा खसेको ट्रक निकालिए

कोशीमा खसेको ट्रक निकालिए

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

मारुती सिमेन्ट लि. कारखानामा एक मजदुरको दुर्घटनामा परी मृत्यु

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

कञ्चनरुपको वैरवमा आगलागी हुँदा तीन घर जलेर नष्ट,

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

सिरहाको कल्याणपुरमा ट्याक्टर दुर्घटना हुदा दुई जनाको ज्यान गयो ।

Next Post
आवश्यक छ कोलेस्टेरोल पनि

आवश्यक छ कोलेस्टेरोल पनि

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

चिनियाँ हतियार दिएर तेहरानमा आतंकवादलाई प्रोत्साहन

चिनियाँ हतियार दिएर तेहरानमा आतंकवादलाई प्रोत्साहन

कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण , कार्यवाहीकाे माग

कपिलवस्तुमा प्रहरीद्वारा पत्रकार काेरी माथी दुर्व्यवहार पत्रकार संगठनको ध्यानाकर्षण , कार्यवाहीकाे माग

समुन्द्र मुनि गुजारात देखि मुम्बईको बीचमा बुलेट ट्रेन संचालन हुने

समुन्द्र मुनि गुजारात देखि मुम्बईको बीचमा बुलेट ट्रेन संचालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

बालेनले थर परिवर्तनका क्रममा झूटो विवरण दिएको आरोप

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

१० भिजनसहितको प्रतिज्ञापत्र सार्वजनिक गरिए नेपाली कांग्रेसले

पूर्वराजा ज्ञानेन्द्र शाहलाई हजारौं समर्थकले नाराजुलुस गर्दै निर्मल निवास पुर्‍याए

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

इटालीको धारिलो बलिङसामु नेपाली ब्याटरहरु निरीह

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

काठमाडौ देखि सुर्खेत जाने बस लबनीचोक देखि करिब ८०० मिटर पश्चिममा आगलागी

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

फागुन १ गते देखि १ महिनासम्म कडा नियम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .