काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा मागेका छन् ।
शनिबार बिहान सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री कार्कीको राजीनामा मागेका हुन् ।
जेनजी आन्दोलनको मर्मअनुसार काम गर्न नसकेको भन्दै उनले कार्कीको राजीनामा मागे । उनले जेनजीको माग आफूले पुरा गर्ने समेत दाबी गरे ।
सुशीला जी, तपाईँले जेन्जीको मर्म अनुसारको काम गर्नु सक्नु भएन ! राजीनामा दिनुस् ! म गर्छु उनीहरूको माग पूरा एक एक गरेर,’ उनले लेखेका छन् ।