Friday, June 13, 2025
LIVE
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
  • समाचार
  • विश्व
  • अर्थतन्त्र
  • जीवनशैली
  • अन्तर्वार्ता
  • स्वास्थ्य
  • शिक्षा
  • मनोरन्जन
  • खेलकुद
No Result
View All Result
Mstar Television

दशैँमा २० लाखले उपत्यका छोड्ने


दशैँमा २० लाखले उपत्यका छोड्ने

काठमाण्डौं । बडादशैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरूपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या न्यून थियो । तीन वर्षअघि काठमाडौँ उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाखको हाराहारीमा रहेको तथ्यांक छ ।

दशैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोंगबु, चाबहिल, कोटेश्वर, कलंकीलगायत उपत्यकाका १४ यात्रु सहायता कक्ष स्थापना गरेको छ । यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरी  सवारीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान सवारीसाधन नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।

सवारी चाप र भिडभाडका कारण हुनसक्ने चोरी र पाकेट मार नियन्त्रण, क्षमताभन्दा बढी चढाउने सवारी साधनलाई कारवाही गर्न सादा पोशाकमा पनि प्रहरी खटिने प्रवक्ता भट्टले जानकारी दिए ।

महानगरीय ट्राफिक प्रहरी कार्यालयले दसैँ मनाउन घर फर्कने यात्रुको बढी चापलगायतका कारणले सवारी दुर्घटना हुनसक्ने भएकाले चालकले तीव्र गति वा मादक पदार्थ सेवन गरी सवारीसाधन चलाएमा खबर गर्न आग्रह गरेको छ । यातायात व्यवसायीले पनि दशैँका लागि पर्याप्त सवारीसाधन उपलब्ध हुने प्रतिबद्धता जनाउँदै सवारी साधनको अभाव नहुने भएकाले यात्रुलाई ढुक्क भएर टिकट लिएर मात्र गन्तव्यतर्फ प्रस्थान गर्न सुझाव दिएको छ ।

अहिले उपत्यका भित्रने सवारी साधनको तुलनामा बाहिर जाने सवारी साधन र यात्रुको सङ्ख्या उल्लेख्यरूपमा वृद्धि भएको छ । प्रहरीले छतमा नचढ्न, सवारीसाधनमा झुन्डिन र कसरी यात्रा गर्दा सुरक्षित हुन्छ त्यसतर्फ आफैँ सचेत रहन सबै यात्रुसँग आग्रह गरेको छ ।

एमस्टार टेलिभिजन

एमस्टार टेलिभिजन

थप समाचार

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

Next Post
चोलेन्द्रको बहिर्गमन आजसम्मकै सबभन्दा खराब उदाहरणको रूपमा रहनेछ : जय प्रकाश  गुप्ता

चोलेन्द्रको बहिर्गमन आजसम्मकै सबभन्दा खराब उदाहरणको रूपमा रहनेछ : जय प्रकाश गुप्ता

कुन सेलिब्रिटीले कहाँ, कसरी मनाउँदैछन् दशैं ?

कुन सेलिब्रिटीले कहाँ, कसरी मनाउँदैछन् दशैं ?

आवश्यक छ कोलेस्टेरोल पनि

आवश्यक छ कोलेस्टेरोल पनि

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

शिकार पर्यटनको गजब गन्तव्य, ढोरपाटन

चिनियाँ हतियार दिएर तेहरानमा आतंकवादलाई प्रोत्साहन

चिनियाँ हतियार दिएर तेहरानमा आतंकवादलाई प्रोत्साहन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरै

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

जनमतका नेता यादव हाल प्रहरी हिरासतमा

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

शिक्षक आन्दोलनप्रति सरकारलाई दबाब पुग्ने गरी भूमिका खेल्न सांसदहरूलाई निर्देशन : माओवादी केन्द्रको ठहर

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

उद्योग मन्त्रीले प्रत्यक्ष रूपमा नै कालोबजारीलाई प्रोत्साहन ! सिमेन्टमा प्रतिबोरा २५ रुपैयाँ घटाएको भनिए

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

सम्पत्ति शुद्धीकरण निवारण दिवस मनाइने, यस्ता छन् २० निर्णय

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

स्वास्थ्य मन्त्री श्रेष्ठद्वारा गणतन्त्र दिवसको शुभकामना

जनकपुरधामबाट हतियारधारीले सहकारीको ८० लाख रुपैयाँ लुटे

हाम्रो बारेमा

मधेश प्रदेशको सिरहा गोलबजारबाट श्री माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा.लि. द्धारा सँचालित “एमस्टार टेलिभिजन”हो मधेश प्रदेशको सबभन्दा सक्रिय तथा लोकप्रिय सञ्चार माध्यमको रुपमा स्थापित रहेको हो । सत्य तथ्य समाचार र सूचनाको हकमा सहजता तथा विश्वसनीयता प्रदान गर्दै आएको छ ।
www.mstartelevision.com
केन्द्रिय कार्यालय गोलबजार न.पा. ४,सिरहा
०३३-५४०६४८
[email protected]

हाम्रो टिम

  • संचालक : बिटु सिंह
  • +९७७९८०७८६७९४८
  • +९७७९८६२३९९९७१

हामी पूर्णतः कानुनी छौं

सुचना विभाग दर्ता न. : भु.प्र.के.२१७/०७७/०७८
  • कम्पनी रजिष्टर दर्ता न. :२४४३४१/०७७/०७८
    राजश्व विभाग दर्ता न. : ६०९८२०४८१
    • Powered by : MyGudu

    © 2022: Mstar Television | All right reserved .

    No Result
    View All Result
    • समाचार
    • विश्व
    • अर्थतन्त्र
    • जीवनशैली
    • अन्तर्वार्ता
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरन्जन
    • खेलकुद

    © 2022: Mstar Television | All right reserved .