सिरहा। सिरहाको गोलबजार नगरपालिका–६ स्थित पुरानो दुर्गा मन्दिर नजिक ट्रक दुर्घटना हुँदा चालक घाइते भएका छन्।

प्राप्त विवरणअनुसार, आज बिहान करिब ६:१५ बजे भारतको बिहार हुँदै वीरगञ्ज नाकाबाट झापाको बिर्तामोडतर्फ जाँदै गरेको स्याउ लोड गरिएको ट्रक दुर्घटनामा परेको हो।
दुर्घटनामा ट्रक चालक जुबैर कुमार घाइते भएका छन्। JK 03 / J 2121 नम्बरको ट्रक दुर्घटनामा परेको बताइएको छ।

घाइते चालकलाई उपचारका लागि लाइफलङ्ग अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
दुर्घटना कसरी भयो भन्ने विषयमा विस्तृत जानकारी प्राप्त हुन सकेको छैन।












