गोलबजार । सामाजिक उत्तरदायित्व तथा मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै नेपाल कुशवाहा कल्याण समाज नगर कार्यसमिति गोलबजारको आयोजना तथा जिल्ला कार्यसमितिको समन्वयमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय समाजसेवी, युवा, विभिन्न क्षेत्रका व्यक्तित्व तथा समाजका पदाधिकारी एवं सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा ३२ जना स्वयंसेवी रक्तदाताले रक्तदान गरेका छन्।
रक्तदान जीवन बचाउने महत्वपूर्ण मानवीय कार्य भएकाले समाजले सामाजिक सेवाका क्षेत्रमा आफ्नो सक्रियता बढाउँदै लैजाने उद्देश्यअनुरूप कार्यक्रम आयोजना गरिएको जनाएको छ। कार्यक्रममा सहभागी रक्तदाताहरूले रक्तदानमार्फत आवश्यकतामा रहेका बिरामी तथा उपचाररत व्यक्तिहरूलाई सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

कार्यक्रममा रक्तदान गर्ने सम्पूर्ण रक्तदाताहरूको योगदानको उच्च सम्मान गर्दै नेपाल कुशवाहा कल्याण समाज नगर कार्यसमिति गोलबजारले सम्पूर्ण रक्तदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेको छ।
समाजले आगामी दिनमा पनि समुदायको हित, सामाजिक सेवा तथा मानवीय सहयोगसँग सम्बन्धित विभिन्न कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।














