सिरहा चैत्र २० । सिरहा जिल्लाको सुखीपुर नगरपालिका कार्यालयमा पटक-पटक ध्यानाकर्षण गराँउदा पनि अहिलेसम्म बालबालिकाहरुको दिवा खाजा संचालन नगरेको विरुद्धमा समाजिक संजाल तथा पत्र पठाई शान्तिपुर्ण आन्दोलन को घोषण गरि आज चैत्र १३ गते शुक्रबार देखी धर्ना कार्यक्रम गरिएको छ ।
आर्थिक वर्ष ०७६/०७७ दिवा खाजाको बजेट विद्यार्थीहरूलाई खाजा नखुवाई बजेट निकासा भयो। आज दिनको ११ बजे देखि १ बजेसम्म नगरपालिका कार्यालयको गेटमा प्रथम चरणको धर्ना कार्यक्रम गर्ने भने संयुक्त संघर्ष समिति कानुनी सल्लाहकार गुमस्ता कुमार यादवले जानकारी गराइएको छ।
साथै नगरबासीहरुलाई उक्त धर्ना कार्यक्रममा सहभागीताको लागि यादवले हार्दिक अपिल समेत गरेको छ।
सके सम्म आ(आफ्नो ठाउँबाट सबै जनालाई सहयोग गरिदिन अपेक्षा राख्नु भएको छ ।
नगरको हकहित लगायत विद्यार्थीहरुको लागि शान्तिपूर्ण तरिकाले आन्दोलन तथा धर्ना कार्यक्रम गर्ने , नगरपालिकाका राजनीति दल , बुद्धिजीवी , समाजसेवी तथा नागरिक समाज विभिन्न व्यक्तिहरुले प्रेस विज्ञप्ति निकाली धर्ना कार्यक्रमको घोषणा गरिएको छ। यो सँगै धर्नाबाट सिर्जित परिणामको भागिदार स्वयंम सुखीपुर नगरकार्यपालिकाले नै लिनु पर्ने छ भन्ने कुरा प्रेस विज्ञप्ति मार्फत जानकारी गराको छ ।
माँगहरु .
१। विद्यार्थीको दिवा खाजा संचालन गर्नुपर्ने ।
२। विगत आर्थिक वर्षको सम्पूर्ण आय व्याय विवरण प्रमाणित प्रतिलिपी गराउनु पर्ने जस्ता मांग राखेको छ।
समन्धित निकाई किन मौन छ रुरुरु शिक्षा मा भ्रष्टाचार गर्न पाईदैन । यो समस्या तराईको धेरै नै बिधालयको रहेको छ । न त केही शिक्षामा सुधार आएको न त दिवा खाजा नै दिएको छ । दिन प्रति दिन सरकारी बिधालय विद्यार्थीहरूको बौद्धिक , मानसिक अस्तर कम्जोर हुँदै गएको छ त्यसैले शिक्षामा अमुल्य परिवर्तन ठोस निर्णय गर्नु पर्ने स्थानीय सरकार अति अवस्यता छन भने गुनासो स्थानीय हरुले गर्नुभयो । हामी समाजिक रूपान्तरण र शिक्षा मा बिकाशको संयुक्त संघर्ष समिति सुखीपुर लागि सदैब प्रतिबद्ध र क्रियाशिल गर्छौ ।